ट्रम्पले कंग्रेसको स्वीकृति नलिई साउदी अरबलाई हतियार बेच्ने « Khabarhub

ट्रम्पले कंग्रेसको स्वीकृति नलिई साउदी अरबलाई हतियार बेच्ने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इरानसँग मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘संकटकाल’ को घोषणा गर्दै साउदी अरब तथा त्यस क्षेत्रमा रहेका साउदी साझेदार मुलुकलाई ८ अर्ब डलर बराबरको हतियार बेच्ने घोषणा गरेका छन् ।

उनले साउदी अरबलाई हतियार बेच्न कंग्रेसको स्वीकृति नलिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबले यमनमा अमेरिकी हतियारबाट ठूलो मात्रामा विध्वंश मच्चाएको भन्दै साउदी अरब लगायतका मुलुकलाई हतियार बच्न नहुने आवाज उठिरहेका बेला ट्रम्पको यस्तो कदम आएको हो ।

हतियार बेच्न कंग्रेसको स्वीकृति नलिने विषयमा ट्रम्प प्रशासनले कंग्रेसका समितिहरुलाई पत्राचार गरिसकेको बताइएको छ ।

इरानसँग मध्यपूर्वमा तनाव चुलिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरब सहित संयुक्त अरब इमिरेट्स र जोर्डनलाई ८ अर्ब डलर बराबरका २२ किसिमका हतियार बेच्न लागेका हुन् ।

ट्रम्पको कदमको डेमोक्र्याटिक पार्टीका नेतासहित ट्रम्पको आफ्नै रिपब्लिकन नेताहरुले समेत आलोचना र विरोध जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : ५१ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण