‘जात्रै जात्रा’ ले पहिलो हप्ता कमायो साढे ४ करोड « Khabarhub

‘जात्रै जात्रा’ ले पहिलो हप्ता कमायो साढे ४ करोड


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘जात्रै जात्रा’ ले साढे ४ करोडको व्यापार गरेको छ । यो फिल्मले पहिलो हप्ता ४ करोड ५३ लाखको व्यापार गरेको हो ।

कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँले फिल्म रिजिलको ७ दिनमा काठमाडौं र मोफसलबाट गरी ४ करोड ५३ लाख १२ हजार ५१८ को ग्रस कलेक्सन गरेको खबरहबलाई जानकारी दिए । फिल्मले काठमाडौंबाट २ करोड १२ लाख ९० हजार ८१८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने उपत्यका बाहिरबाट १ करोड ६० लाख २१ हजार ७ सय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फिल्मले पहिलो दिन नेपालभरबाट ७६ लाखभन्दा बढीको व्यापार गरेको थियो भने शनिवार राजधानीमा झण्डै ८० लाखको ग्रस कलेक्सन गरेको थियो । नेपालभरबाट शनिवारको कलेक्सन १ करोड २५ लाख ४६ हजार ४१६ पुगेको थियो ।

चलचित्रले पहिलो हप्ताका सातै दिन आक्रामक व्यापार गरेको छ । फिल्मले ९ गते नेपालभरबाट ४० लाखभन्दा बढी कलेक्सन गरेको छ । फिल्म शनिवार पनि हाउसफूलका साथ नेपालभर चलिरहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा शिवाकोटी, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ । दश किलो सुन भेटिएपछि तीन पात्रको जीवनमा आउने उतारचढावलाई फिल्ममा कथानक बनाइएको छ । चलचित्रले समीक्षकबाट समीक्षा पनि गज्जबको पाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : ५१ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज