‘जात्रै जात्रा’ ले पहिलो हप्ता कमायो साढे ४ करोड « Khabarhub

‘जात्रै जात्रा’ ले पहिलो हप्ता कमायो साढे ४ करोड


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘जात्रै जात्रा’ ले साढे ४ करोडको व्यापार गरेको छ । यो फिल्मले पहिलो हप्ता ४ करोड ५३ लाखको व्यापार गरेको हो ।

कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँले फिल्म रिजिलको ७ दिनमा काठमाडौं र मोफसलबाट गरी ४ करोड ५३ लाख १२ हजार ५१८ को ग्रस कलेक्सन गरेको खबरहबलाई जानकारी दिए । फिल्मले काठमाडौंबाट २ करोड १२ लाख ९० हजार ८१८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने उपत्यका बाहिरबाट १ करोड ६० लाख २१ हजार ७ सय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फिल्मले पहिलो दिन नेपालभरबाट ७६ लाखभन्दा बढीको व्यापार गरेको थियो भने शनिवार राजधानीमा झण्डै ८० लाखको ग्रस कलेक्सन गरेको थियो । नेपालभरबाट शनिवारको कलेक्सन १ करोड २५ लाख ४६ हजार ४१६ पुगेको थियो ।

चलचित्रले पहिलो हप्ताका सातै दिन आक्रामक व्यापार गरेको छ । फिल्मले ९ गते नेपालभरबाट ४० लाखभन्दा बढी कलेक्सन गरेको छ । फिल्म शनिवार पनि हाउसफूलका साथ नेपालभर चलिरहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा शिवाकोटी, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ । दश किलो सुन भेटिएपछि तीन पात्रको जीवनमा आउने उतारचढावलाई फिल्ममा कथानक बनाइएको छ । चलचित्रले समीक्षकबाट समीक्षा पनि गज्जबको पाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : ५१ बजे

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका