भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा लोकसभा विघटन « Khabarhub

भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा लोकसभा विघटन


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तल्लो सदन लोकसभा विघटन गरेका छन् ।

१७ औं लोकसभा चयनका लागि हालै भएको आम निर्वाचनको अन्तिम नतिजा घोषणा भएपछि राष्ट्रपति कोविन्दे १६ औं लोकसभा विघटन गरेका हुन् ।

आम निर्वाचनको अन्तिम नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपा एक्लैले ३०३ सिट जितेको छ भने भाजपा नेतृत्वको नेशाल डेमोक्र्याटिक अलासन्स एनडीएको गठबन्धनले ३५२ सिट जितेको छ ।

५४५ सिट रहेको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक रहनेमा यसपाली भाजपा एक्लैले सरकार गठन गर्ने देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठन गर्ने प्रक्रिया शुरु गरेसँगै शुक्रबारमात्र आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

अर्कोतर्फ यो चुनावमा विपक्षी काँग्रेस पार्टीले भने केबल ५२ सिटमा चित्त बुझाएको छ भने काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स युपीएको गठबन्धनले भने ८७ सिट ल्याएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ४ : ५० बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत