रुद्राक्षको फाइदा धार्मिक मात्रै होइन वैज्ञानिक पनि « Khabarhub

रुद्राक्षको फाइदा धार्मिक मात्रै होइन वैज्ञानिक पनि


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हिन्दू धर्म संस्कृतिमा रुद्राक्षको महत्व विशेष रुपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हानिकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ । यसको प्रयोग तपस्वीले मात्रै नगरी सांसारिक जीवनमा रहेका व्यक्तिले पनि गर्छन् । रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रुपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।

धार्मिक महत्व
विद्येश्वर संहिता भगवान शिवसँग सम्बन्धित छ । यस संहितामा भगवान शिवको पूजा, उपासना तथा उनीसँग जोडिएका विषयवस्तुको महत्वबारे उल्लेख गरिएको छ । यस ग्रन्थमा भस्मदेखि रुद्राक्षसम्मको महत्वबारे बताइएको छ । रुद्राक्षको उत्पत्तिबारे ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

रुद्रस्इ अक्षि रुद्राक्षः, अक्ष्युपलक्षितम्अश्रु, तज्जन्यः वृक्षः ।
‘रुद्र’ को अर्थ शिव तथा ‘अक्ष’ को आँखा अर्थात आत्मा हुन्छ । त्रिपुरासुरलाई जलाएर भस्म गरेपछि भोले रुद्रको हृदय दुखी हुँदा उनको आँखाबाट आँशु झर्छ । उक्त आँशु जुन स्थानमा झरेको हुन्छ, त्यहीँ रुद्राक्षको रुख उम्रन्छ । रुद्राक्षलाई हिन्दू तथा विशेष रुपमा शैवले पवित्र रुपमा लिने गर्छन् । शैव तथा तान्त्रिकले रुद्राक्षको माला लगाउँने तथा जप गर्ने गर्छन् । उपनिषदमा रुद्राक्षलाई भगवान शिवको आँखा भनिएको छ । यसलाई धारण गरेमा दिन–रातमा गरिने सबै पाप नष्ट हुने तथा अर्बौं गुणा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रुद्राक्षमा हृदय सम्बन्धी विकारलाई टाढा गर्ने अत्भुत क्षमता हुन्छ ।

बौद्धिक क्षमतामा वृद्धि

  • वैज्ञानिकहरुका अनुसार रुद्राक्षमा ‘इलेक्ट्रोमेग्नेटिक’ गुणहरुका कारण अत्भुत शक्ति हुन्छ । यसमा औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट उत्पन्न हुन्छ ।
  • अन्तर्राष्ट्रिय युनिभर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेभिड लीले रुद्राक्षले विद्युत ऊर्जाबाट आवेशको सञ्चित गर्ने अनुसन्धानले पत्ता लागेको बताएका छन् । जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यस आवेशले मानिसको मस्तिष्कमा केही केमिकललाई प्रोत्साहित गर्छ । जसले रुद्राक्षमा चुम्बकीय गुण विकास गर्छ । यसै कारण रुद्राक्षले शरीरमा स्पर्श गर्दा मानिसहरुले अत्यन्तै आनन्द महसुस गर्ने गर्छन् ।
  • रुद्राक्षले मानिसको बौद्धिक क्षमता तथा स्मरण शक्ति राम्रो बनाउने मानिन्छ । रुद्राक्ष धारण गरेमा चिन्ता तथा तनावसँग सम्बन्धित समस्यामा कमी आउने र उत्साह ऊर्जामा वृद्धि हुनेछ । हृदयरोग, रक्तचाप तथा कोलेस्ट्रलको मात्रा नियन्त्रणमा रुद्राक्ष प्रभावशाली हुने मानिन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ०६ बजे

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

कांग्रेसले छाया सरकार गठन गरेको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया