काठमाडौं-उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १-० गोलले पराजित गर्दै उरुग्वेले क्वाटरफाइलको यात्रा तय गरेको हो ।
उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।
जितसंगै समूह ‘सी’ को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो । साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो ।
अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसँग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ ।
प्रतिक्रिया