इतिहास दोहोर्‍याउने कुचेष्टा भन्दै प्रधानमन्त्रीका सल्लाहकारले लेखे यस्तो ट्वीट | Khabarhub Khabarhub

इतिहास दोहोर्‍याउने कुचेष्टा भन्दै प्रधानमन्त्रीका सल्लाहकारले लेखे यस्तो ट्वीट


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत गरेको एक ट्वीट अहिले चर्चामा छ । उनले भित्र र बाहिरका शक्तिहरु सक्रिय भएको अवस्थामा इतिहास दोहोर्‍याउने कुचेष्टा भएको उल्लेख गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने । ककस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्याउने कुचेष्टा ।’

प्रधानमन्त्री ओली एकपछि अर्को गरी सरकार सञ्चालन र पार्टी सञ्चालनमा कमजोर बन्दै गईरहेका बेला प्रधानमन्त्रीका परराष्ट सल्लाहकारको यस्तो टिप्पणी आएको हो । चुनाव अगाडीसम्म नेकपा प्रति जनताको ठूलो अपेक्षा थियो । त्यही अपेक्षा अनुसार नै नेकपालाई मतदाताले झण्डै दुई तिहाई मत दिएका थिए । ट्वीट हेर्दा सामान्य भएपनि त्यसभित्र अन्तरनिहित शब्द र त्यसले गर्न खोजेको संकेत नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

डा.भट्टराईको ट्वीट यस्तो छ :

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर