इतिहास दोहोर्‍याउने कुचेष्टा भन्दै प्रधानमन्त्रीका सल्लाहकारले लेखे यस्तो ट्वीट « Khabarhub

इतिहास दोहोर्‍याउने कुचेष्टा भन्दै प्रधानमन्त्रीका सल्लाहकारले लेखे यस्तो ट्वीट


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत गरेको एक ट्वीट अहिले चर्चामा छ । उनले भित्र र बाहिरका शक्तिहरु सक्रिय भएको अवस्थामा इतिहास दोहोर्‍याउने कुचेष्टा भएको उल्लेख गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने । ककस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्याउने कुचेष्टा ।’

प्रधानमन्त्री ओली एकपछि अर्को गरी सरकार सञ्चालन र पार्टी सञ्चालनमा कमजोर बन्दै गईरहेका बेला प्रधानमन्त्रीका परराष्ट सल्लाहकारको यस्तो टिप्पणी आएको हो । चुनाव अगाडीसम्म नेकपा प्रति जनताको ठूलो अपेक्षा थियो । त्यही अपेक्षा अनुसार नै नेकपालाई मतदाताले झण्डै दुई तिहाई मत दिएका थिए । ट्वीट हेर्दा सामान्य भएपनि त्यसभित्र अन्तरनिहित शब्द र त्यसले गर्न खोजेको संकेत नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

डा.भट्टराईको ट्वीट यस्तो छ :

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : ०७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील