सरकारले अनुमति दिए निजी उर्जा उत्पादकले ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने | Khabarhub Khabarhub

सरकारले अनुमति दिए निजी उर्जा उत्पादकले ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले अनुमति दिए ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने स्वतन्त्र उर्जा उत्पादकले दाबी गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएमा निजी क्षेत्रले ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सक्ने दाबी गरेका हुन् ।

अहिले नै भारतका उर्जा बेच्न सक्ने अवस्था रहेको भन्दै इप्पानले त्यसका लागि सरकारी अनुमति चाहिने उल्लेख गरे ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डलले क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यन्वयनबारे छलफल गर्न ३ दिनसम्म भारतको भ्रमण गरेका छन् ।

छलफलमा इप्पानले नेपालको ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको हालको अवस्था र भविष्यमा यसको भूमिकाबारे जानकारी गराएको थियो ।

नेपालमा अहिले नीजि क्षेत्रको सक्रिय रहेको र यसले आगामी केही वर्षमा ग्रीड प्रणालीको दुई तिहाइ भन्दा बढि क्षमता ओगट्ने र जसकारण नेपाल विद्युत निर्यात गर्ने मुलुक हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

‘विद्युतीय क्षेत्रीय बजार स्थापनाका लागि र त्यसमा निजी क्षेत्र सहभागि हुनका लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक स्वीकृति दिनपर्छ’ उनले भने ‘गुणस्तरीय जलविद्युतलाइ प्रतिस्पर्धा लागतमा उत्पादन गर्न, निजी क्षेत्र मैत्री, उपयुक्त नीति अवलम्बन गरियोस्’ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : १९ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले