प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित « Khabarhub

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

गत जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेटमाथिको मन्त्रालयगत छलफल सकिएसँगै प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको हो ।

संसदको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट संसदमा पेश गरेका थिए । आगामी आर्थिक वर्षका लागि सरकारले साधारण खर्चचर्फ ९ खर्ब ५७ अर्ब , पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब विनियोजन गरिएको छ ।

९ खर्बको ८१ अर्बको राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले वैदेशिक ऋण करिब ३ खर्ब र ५७ अर्ब वैदेशिक अनुदान र १ खर्बभन्दा बढि रकम आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

त्यसअघि प्रतिपक्षी दलका सांसदहरुले विभिन्न मन्त्रालयहरुमा राखेको खर्च कटौतीको प्रस्ताव बहमुतले अस्विकृत भएको थियो । विनियोजन विधेयक पारित भएसँगै सरकारले राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेश गरेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : १३ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन