काठमाडौं उपत्यकाका पाँच ठाउँमा विष्फोट गराउने विप्लवको योजना, प्रहरी सक्रियताले बन्यो विफल | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाका पाँच ठाउँमा विष्फोट गराउने विप्लवको योजना, प्रहरी सक्रियताले बन्यो विफल


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्द सफल बनाउन काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा एक-एक गरी पाँच स्थानमा विष्फोट गराउने योजना बनाएको प्रहरी स्रोतको दाबी छ ।

सोमबार साँझ काठमाडौंमा पक्राउ परेका विप्लवका एक कार्यकर्ताले दिएको बयानमा बन्द सफल बनाउन विष्फोट गराउने योजना रहेको बताएको प्रहरीले जनाएको हो ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार, विप्लव समूहले काठमाडौंको सोह्रखुट्टेलगायतका तीन स्थानमा विस्फोट गराउने योजना बनाएको थियो ।

त्यस्तै विप्लव समूहले भक्तपुर र ललितपुरमा एक-एक गरी दुईवटा बम विस्फोट गराउने योजना बनाएको थियो । तर, प्रहरीको गुप्तचर निकायको सर्तकता तथा सक्रियताका कारण उक्त योजना विफल भएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : ४६ बजे

खेमनाथ दाहालको ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म