आगामी बर्षभित्र सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्छ : उपेन्द्र यादव « Khabarhub

आगामी बर्षभित्र सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्छ : उपेन्द्र यादव


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएका जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न वर्ग र गरीब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीतिअनुसार सरकारले काम अघि बढाईरहेको बताए ।

उनले वडा–वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाईएको उल्लेख गर्दै आगामी बर्षभित्र सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसक्ने दाबी गरे । नेपाललगायत विश्वभर नै नसर्ने रोगका बिरामीको संख्या तिव्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निःशुल्क गराएको र किड्नी प्रत्यारोपण गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए । त्यसैगरी क्यान्सरलगायतका ८/९ किसिमका जटिल रोगको उपचारका लागि सरकारले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पनि स्पष्ट पारे ।

उनले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानूनी व्यवस्था नभएको स्पष्ट पारे । उन भने, ‘विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान पछि छैन । व्यवस्था पनि छैन । विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानूनी व्यवस्था लागू भईसकेको कुरा सदनमार्फत निवेदन गर्न चाहन्छु ।’

उपचारका लागि विदेश जाने प्रवृत्ति बढ्दै गएपनि नेपालमा समेत धेरै जोखिमयुक्त उपचार संभव रहेको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे । सांसहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठूलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले स्वास्थ्य मन्त्रालयअन्र्तगतका कर्मचारी समायोजनको समस्या पनि चाँडै समाधान गर्ने प्रयास भईरहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : ५५ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता