प्रचण्डलाई विप्लवको आरोप- काठमाडौं गएर बिहे गर्छु भन्दै बम्बई पुर्‍याएको ‘फिल’ भयो ! « Khabarhub

प्रचण्डलाई विप्लवको आरोप- काठमाडौं गएर बिहे गर्छु भन्दै बम्बई पुर्‍याएको ‘फिल’ भयो !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग भएको अनौठो सम्वाद सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले शान्ति प्रक्रियाबारे विप्लवसँग भएको सम्बाद सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले अब चाँडै विप्लव पनि मूलधारको राजनीतिमा आउने दाबी गर्दै भने, ‘शान्ति प्रक्रियामा आएपछि विप्लवजीसँग गरिएको कुराकानी अहिले पनि मैले स्मरण गरिरहेको छु । शान्तिप्रक्रियापछि कस्तो लाग्यो भन्ने मेरो प्रश्नको उत्तरमा भन्नुभयो- कमरेड तपाई‌ंले हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई चाँही अनुभुति के भयो भने, नुवाकोटकी भर्खरकी एउटी तामाङनी केटीलाई काठमाडौं लगरे म बिहे गर्छु भनेर बम्बई पुर्‍याए जस्तो फिल भयो ।’

प्रचण्डले विप्लवको यो कुरा सुनेर आफ्नो दिमाग नै हल्लिएको बताएका छन् । उनले भने, ‘अब सायद उहाँले बुझ्नु भएको होला, मैले बम्बइ होइन काठमाडौं नै ल्याएको छु सबैलाई । मैले कसैलाई बम्बई लगेको छैन भनेर बुझ्नलाई उहाँले केही-केही गर्नु भएको हो, अब धेरै गर्नु हुन्न भन्ने लागेको छ मलाई ।’

प्रचण्डले अब भने विप्लवले आफूहरु बम्बईको साटो काठमाडौंकै अनुभूति गर्न थालेको हुनसक्ने बताए । उनले अब विप्लव पनि चाँडै शान्तिपूर्ण बाटो रोजेर मूलधारको राजनीतिमा आउने दाबी गरे ।

आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै प्रचण्डले विप्लवमा विस्तारै नयाँ विचार आएसंगै मुलधारको राजनीतिमा फर्किने बताए ।

अध्यक्ष प्रचण्डले दुई चारवटा बम पड्किदैमा समृद्धिको यात्रा बिथोलिन्छ की भन्ने शंका नगर्न पनि आमसर्वसाधारणलाई आग्रह गरे । उनले भने, ‘विप्लवजीले सबै कुरा बुझ्दै हुनुहुन्छ, यस्ता गतिविधि अब धेरै गर्नुहुन्न् भन्ने सोच चाँडै सार्वजनिक गर्नुहुनेछ ।’

विगतमा पार्टी फुटाएर गएकाहरु फर्किदै आईरहेको स्मरण गराउँदै प्रचण्डले अब ढिलोचाँडो विप्लव पनि त्यसरी नै आउने दावी गरे ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ११ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने