जागरण अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो बुधबार बैठक « Khabarhub

जागरण अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो बुधबार बैठक


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।  कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महिनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ ।  जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो ।

अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बीपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ । कांग्रेसले जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : २२ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा