इरानसँग वार्ता गर्ने अमेरिकी प्रस्ताव झुटो : इरानी राष्ट्रपति « Khabarhub

इरानसँग वार्ता गर्ने अमेरिकी प्रस्ताव झुटो : इरानी राष्ट्रपति


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिकाले इरानलाई वार्ताको प्रस्ताव गरेको दाबी पछिल्लो अमेरिकी नाकाबन्दीले असत्य साबित गरिदिएको इरानी राष्ट्रपति हसन रौहानीले जनाएका छन् ।

टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको सम्बोनमा राष्ट्रपति रौहानीले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीमाथि अमेरिकाले हालै लगाएको नाकाबन्दीबाट वार्ताको ढोका खुल्ला रहेको अमेरिकी दाबी असत्य साबित भएको जनाएका हुन् ।

यसअघि अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले अमेरिका इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको जनाएका थिए । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दावी पनि गरेका थिए । बोल्टनको उक्त भनाइप्रति लक्षित गर्दै रौहानीको यो प्रतिक्रिया आएको हो ।

अमेरिकाले सोमबारदेखि लगू हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने अमेरिकी भनाइ छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ०७ बजे

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका