आज कुन–कुन नदीमा बाढीको खतरा ? सतर्कता अपनाउन आग्रह « Khabarhub

आज कुन–कुन नदीमा बाढीको खतरा ? सतर्कता अपनाउन आग्रह


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा पानीको बहाब सामान्य घटबढ हुने जनाएको छ ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, धनकुटा, पर्सा, बारा, नवलपुर, परासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायत चुरे र तराईबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना बढी रहने पूर्वानुमान गरिएको छ ।

बिहान इलाम, झापा र मोरङसहित धेरै स्थानहरुमा भारी वर्षा भएको थियो । कन्काई मैनाचुली बाढी मापन केन्द्रका अनुसार जलसतह बढ्दै गइरहेको छ र यसले सतर्कता तह पार गर्ने सम्भावना रहेको छ ।

मेची, विरिङ, निन्दा, मावा–रतुवा, लोहन्द्रा लगायत साना नदीमा खतराको तह आसपास बाढी आउने सम्भावना रहेकोले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  १० : ४२ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास