वडाध्यक्षले बालविवाहलाई दिए वैधानिकता « Khabarhub

वडाध्यक्षले बालविवाहलाई दिए वैधानिकता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छन् ।

सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताइन् ।

सीता ऐडी श्रीकोट मावि रोडिकोटमा विद्यालय भर्नाअनुसार २०६१ माघ १० गते जन्मिएकी हुन् । यो तथ्याङकअनुसार नाबालिका सीता १४ वर्ष सात महीना मात्र पुगेकी हुन् । नाबालिका ऐडीको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ताका साथै नागरिकताको सिफारिससमेत वडाध्यक्ष रोकायाले गरिदिएका छन् । बालविवाहलाई वैधानिकता दिने काम वडाध्यक्ष रोकायाका निजी खरिदार त्रिमल रोकायाको मिलोमतोमा भएको थाहा भएको छ ।

दुर्गम जिल्ला हुम्लामा बालविवाह तुरुन्तै अन्त्य गर्न अधिकारकर्मीलाई भने चुनौतीको विषय बन्ने देखिन्छ । हुम्लामा बालविवाहका प्रमुख कारण धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिक दबाब आदिले हुने गरेको बालअधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

अहिले पनि हिन्दू धर्ममा कन्याको विवाह महीनावारी हुनुअगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वासका कारण कम उमेरमा विवाह हुने गरेको पाइन्छ । हुम्लामा नाता मिल्ने कुटुम्बको छोरा जन्मिएमा घाँटीमा पोते लगाएर हात माग्ने चलन कायमै रहेको छ ।

गरीबीका कारण अहिले पनि छोरीलाई चाँडै विवाह गरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्र्याउने प्रचलन हुम्लाका ग्रामीण बस्तीमा देख्न सकिन्छ । त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेरमै विवाह गर्न बाध्य हुन्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ०८ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ