वडाध्यक्षले बालविवाहलाई दिए वैधानिकता « Khabarhub

वडाध्यक्षले बालविवाहलाई दिए वैधानिकता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छन् ।

सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताइन् ।

सीता ऐडी श्रीकोट मावि रोडिकोटमा विद्यालय भर्नाअनुसार २०६१ माघ १० गते जन्मिएकी हुन् । यो तथ्याङकअनुसार नाबालिका सीता १४ वर्ष सात महीना मात्र पुगेकी हुन् । नाबालिका ऐडीको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ताका साथै नागरिकताको सिफारिससमेत वडाध्यक्ष रोकायाले गरिदिएका छन् । बालविवाहलाई वैधानिकता दिने काम वडाध्यक्ष रोकायाका निजी खरिदार त्रिमल रोकायाको मिलोमतोमा भएको थाहा भएको छ ।

दुर्गम जिल्ला हुम्लामा बालविवाह तुरुन्तै अन्त्य गर्न अधिकारकर्मीलाई भने चुनौतीको विषय बन्ने देखिन्छ । हुम्लामा बालविवाहका प्रमुख कारण धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिक दबाब आदिले हुने गरेको बालअधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

अहिले पनि हिन्दू धर्ममा कन्याको विवाह महीनावारी हुनुअगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वासका कारण कम उमेरमा विवाह हुने गरेको पाइन्छ । हुम्लामा नाता मिल्ने कुटुम्बको छोरा जन्मिएमा घाँटीमा पोते लगाएर हात माग्ने चलन कायमै रहेको छ ।

गरीबीका कारण अहिले पनि छोरीलाई चाँडै विवाह गरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्र्याउने प्रचलन हुम्लाका ग्रामीण बस्तीमा देख्न सकिन्छ । त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेरमै विवाह गर्न बाध्य हुन्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ०८ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार