छवि र शिल्पालाई खोजिरहेका छौँ- प्रहरी | Khabarhub Khabarhub

छवि र शिल्पालाई खोजिरहेका छौँ- प्रहरी


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरललाई खोजी कार्य जारी राखेको जनाएको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा अनुसन्धान गर्न प्रकाउ पुर्जी जारी गरेसँगै उनीहलाई प्रहरीले खोजी गरिरहेको छ ।

निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान थालेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अहिलेसम्म छविराज र शिल्पा सम्पर्कमा नआएको बताए । ‘प्रक्रियामा गएका छौँ, खोजी भइरहेको छ,’ उनले खबरहबसँग भने ।

नायिका शिल्पा पोखरेल र छविराजविरुद्ध हेमाले बहुविवाहको उजुरी हालेकी थिइन् । प्रहरीमा उजुरी परेपछि छवि र शिल्पा दुवै सम्पर्कमा आएका छैनन् ।

शिल्पा र छविराज ओझा झण्डै ३ वर्ष प्रेमसम्बन्धमा रहेका थिए । नायिका रेखा थापासँग डिभोर्स गरेका छविराज ओझाले शिल्पा पोखरेललाई आफ्नी प्रेमिका बनाएका थिए । उमेरका हिसाबले शिल्पा २५ वर्ष पुगिन् भने छविराज ५५ वर्ष पुगे । अब छविराजले बिहे नगर्ने बताएका छन् ।

छविराजका अनुसार शिल्पाले उनीसँग दोस्रो बिहे गरेकी हुन् । यस अर्थमा शिल्पाले पनि २५ वर्षकै उमेरमा दोस्रो बिहे गरेकी छिन् । र, उनी छविराजसँग डिभोर्स दिने प्रकियामा थिइन् ।

शिल्पा र छविराजले वि.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । बिहे गरे पनि दुवैले बिहेका बारेमा मिडियामा लुकाउँदै आएका थिए । बिहे गरेको साढे २ वर्षपछि झण्डै ६ महिनाअघि यी दुईले बिहे दर्ता गराएका थिए । बिहे दर्ता गराएको ६ महिनापछि दुवै डिभोर्सको तयारीमा लागेका हुन् ।

शिल्पा डिभोर्सको प्रकियामा गएका बेला छविराजकी जेठी पत्नीले बहुविवाहको उजुरी दिएकी हुन् ।

यो पनि पढ्नुहोस्:

छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ४७ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने