ओलीले बेलायती प्रधानमन्त्री भन्दै ट्वीटरबाट अरुलाई नै बधाई दिएपछि… « Khabarhub

ओलीले बेलायती प्रधानमन्त्री भन्दै ट्वीटरबाट अरुलाई नै बधाई दिएपछि…


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै बधाई दिएपछि सामाजिक सञ्जालमा हासोका पात्र बनेका छन् ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनभन्दै अरु कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर प्रधानमन्त्री ओलीले बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ। ट्वीटमा गल्ती भएको पत्तो पाएको करीब १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट गरिएको पाइएको छ ।

तस्वीर श्रोत– सामाजिक सञ्जाल

प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल ‘@kpsharmaoli’बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ‘@borisjonson’ ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । तर उक्त ह्यान्डल बेलायती प्रधानमन्त्री बेरिसको नभइ अरुकै भएको थाहा भएपछि त्यसलाई डिलिड गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल ‘@borisjohnson’ हो ।

प्रधानमन्त्रीको सचिवायले यति सानो कुरामा पनि ख्याल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १ : १८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन