फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण « Khabarhub

फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसान नजिकैबाट दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । परीक्षण गरिएको एक क्षेप्यास्त्र ५० किलोमिटरको उचाइ लिएर ४३० किलोमिटर टाढा समुद्रमा गई खसेको र अर्को क्षेप्यास्त्र पनि ५० किलोमिटरको उचाइ लिएर ६ सय ९० किलोमिटर टाढा समुद्रमा खसेको जनाइएको छ ।

परीक्षण गरिएको केही लामो दूरीको दोश्रो क्षेप्यास्त्र नयाँ किसिमको रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षणका विषय अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली सीमाक्षेत्र डीएमजीमा भएको भेटवार्तापछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दुई नेताबीच भएको भेटवार्तापछि उत्तर कोरियाली–अमेरिकी सम्बन्ध केही सुमधुर हुने अपेक्षा भइरहेका बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ । यसबारे अमेरिकाको ह्वाइट हाउस, विदेश मन्त्रालय वा पेन्टागनले कुनै टिप्पणी गरिसकेका छैनन् ।

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेको छ भने त्यहाँको रक्षा मन्त्रालयले क्षेत्रीय सुरक्षामा असर पार्ने तथा तनाव कम गर्न सहयोग नगर्ने यस्ता गतिविधि नगर्न उत्तर कोरियासमक्ष आह्वान गरेको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले भने उत्तर कोरियाको पछिल्लो कदमबाट जापानको सुरक्षामा तत्काल कुनै असर नपार्ने टिप्पणी गरेका छन् । उनले उत्तर कोरियाको पछिल्लो कदमबारे अमेरिकासँग छलफल भइरहेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  २ : ३९ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र