फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण « Khabarhub

फेरि गर्‍यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसान नजिकैबाट दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । परीक्षण गरिएको एक क्षेप्यास्त्र ५० किलोमिटरको उचाइ लिएर ४३० किलोमिटर टाढा समुद्रमा गई खसेको र अर्को क्षेप्यास्त्र पनि ५० किलोमिटरको उचाइ लिएर ६ सय ९० किलोमिटर टाढा समुद्रमा खसेको जनाइएको छ ।

परीक्षण गरिएको केही लामो दूरीको दोश्रो क्षेप्यास्त्र नयाँ किसिमको रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षणका विषय अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली सीमाक्षेत्र डीएमजीमा भएको भेटवार्तापछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दुई नेताबीच भएको भेटवार्तापछि उत्तर कोरियाली–अमेरिकी सम्बन्ध केही सुमधुर हुने अपेक्षा भइरहेका बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ । यसबारे अमेरिकाको ह्वाइट हाउस, विदेश मन्त्रालय वा पेन्टागनले कुनै टिप्पणी गरिसकेका छैनन् ।

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेको छ भने त्यहाँको रक्षा मन्त्रालयले क्षेत्रीय सुरक्षामा असर पार्ने तथा तनाव कम गर्न सहयोग नगर्ने यस्ता गतिविधि नगर्न उत्तर कोरियासमक्ष आह्वान गरेको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले भने उत्तर कोरियाको पछिल्लो कदमबाट जापानको सुरक्षामा तत्काल कुनै असर नपार्ने टिप्पणी गरेका छन् । उनले उत्तर कोरियाको पछिल्लो कदमबारे अमेरिकासँग छलफल भइरहेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  २ : ३९ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित