फिफा वरियतामा नेपाल लगातार ओरालो « Khabarhub

फिफा वरियतामा नेपाल लगातार ओरालो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रि फुटबल महासंघ (फिफा) को विश्व वरियतथामा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक नयाँ वरियता अनुसार नेपाल १ सय६६ औं स्थानमा रहेको छ । यसअघि जेष्ठ अन्तिममा सार्वजनिक वरियतामा नेपाल १ सय ६५ औं स्थानमा झरेको थियो ।

त्यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । पछिल्लो समय अन्य देशहरुको फुटबलमा सुधार हुँदा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउँदा वरियता तलमाथि भइरहेको छ । यद्यपी पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेपनि राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

लगातार वरियतामा तल पर्दै आइरहेको नेपालले अहिले फिफा विश्वकप छनोट तथा एएफसी कपको छनोटको अभ्यासमा व्यस्त छ ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । कोपा अमेरिका विजेता ब्राजिल दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् । दक्षिण एसियाली देशहरुमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

दक्षिण एसियामा नेपाल भन्दा माथि भारत १०३ औँ स्थानमा र माल्दिभ्स १५२ औं स्थान भए पनि अन्य टोली भने पछि छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन