विधेयकमा महाराजधिराज हटाउने विषयमा संसदीय समितिमा मत भिन्नता « Khabarhub

विधेयकमा महाराजधिराज हटाउने विषयमा संसदीय समितिमा मत भिन्नता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा श्री ५ महाराजधिराज राख्ने किन हटाउने भन्ने विषयमा समिति सदस्यहरुबीच मत भिन्नता देखिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहीबारको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ माथिको दफावार छलफलका क्रममा समिति सदस्यहरुबीच मत भिन्नता देखिएको हो ।

समिति सदस्यहरु प्रकाश रसाईली स्नेही, नरबहादुर धामी, सरिता न्यौपाने लगायतले व्यवस्था नै परिर्वतन भइसकेकाले श्री ५ महाराजधिराज हटाउनुपर्ने तर्क गरे । सांसद धामीले सार्वभौम संसदले आवश्यकताको आधारमा ऐनलाई संसोधन गर्न सक्ने भएकाले २०५३ मा बनाएको ऐनमा उल्लेखित श्री ५ महाराजधिराज हटाउनुपर्ने तर्क गरेका थिए ।

समिति सदस्य अमृतादेवी अग्रहरीले ऐन निर्माण गर्दाको इतिहास मात्रै भएकाले इतिहास मेटाउने काम गर्न नहुने तर्क गरिन् । उनले ‘श्री ५ महाराजधिराज’ हटाएर राजसंस्था नै खराब हो भन्ने ढंगले ऐन बनाउँदाको इतिहास मेटाउने काम गर्न नहुने धारणा राखिन् ।

बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले पनि संशोधनका क्रममा ऐनमा उल्लेखित ‘श्री ५ महाराजधिराज’ हटाउनुपर्ने तर्क गरे । तर छलफलमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णु प्रसाद रेग्मीले भने दफाहरु संशोधन गरिए पनि ऐनमा विधि निर्माणको सुत्रलाई हटाउन नमिल्ने बताए ।

कानूनको व्याख्याले पनि ऐन जन्माउँदाको बखतको सत्ता रहने भन्ने व्यवस्था गरेको दाबी गरे । ‘१३ / १४ साल देखिका ऐनहरु परिमार्जन संशोधन भएका छन् । तर यीनमा विधि निर्माण सुत्र भने हटाईएको छैन । अहिले सम्म १ सय ९२ वटा ऐन संसोधन गरिएको छ । विधि निर्माण सुत्र भनेको ऐन जन्माउने, कस्ले जन्मायो ? पार्लियामेण्टले । संग संगै त्यतिखेरको संविधान अनुसार त्यहाँ राजाको पनि सहभागीता थियो ।’

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा ‘श्री ५ महाराजधिराज विरेन्द्र विरविक्रम शाह देवको शासन कालको २५ औं वर्षमा संसदले यो ऐन बनाएको हो’ भन्ने उल्लेख छ । समिति सदस्यहरुबीच यही वाक्यलाई हटाउने कि यथावत राख्ने भन्नेमा मतभेद देखिएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ३१ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज