अपडेट : दोर्दीको बाढीले बगाएका ५ जनाको सनाखत, ५ बेपत्ता « Khabarhub

अपडेट : दोर्दीको बाढीले बगाएका ५ जनाको सनाखत, ५ बेपत्ता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । बाढीमा परी पर्साका शिवधन चौधरी, सप्तरी सप्तकोशी नगरपालिका ८ का भुवनेश्वर चौधरी, डडेल्धुराको आले ताल गाउँपालिका ६ का रमेश बुढा, बाराको जितपुर उपमहानगरपालिकाका सइद अन्सारी र भोजपुरका दिवस कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयका लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको थियो । बगाएर ल्याएका शवलाई निर्माणस्थलबाट करिब ८ किलोमिटर तल नौथर शेरामा २ वटा, ७ किलोमिटर तल शेरा नजिकै एउटा र कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो भने विहीबार दिउँसो पालुनटार नगरपालिका ५ लामागाउँ नजिकै मस्र्याङ्दी किनारमा शव फेला परेको इलका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । ठाँटीपोखरीमा भेटिएको शव भोजपुरका दिवस कटुवालको रहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागी जिल्ला सामुदायिक अस्पताल गोरखामा राखिएको छ भने ४ वटा शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । बाढीले बगाएका ११ जनामध्ये ५ वटा शव भेटिएको छ । ५ जना अझै वेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ ।

पाँच जना अझै बेपत्ता

डिएसपी रबीन्द्रमान गुरुङकाअनुसार ५ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा सप्तरीका ४० वर्षीय सुरेन्द्र चौधरी, कञ्चनपुरका ४३ वर्षीय देवबहादुर कोली, डढेल्धुराका ४५ वर्षीय कर्ण बुढा, बाराका ३४ वर्षीय ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी ६ का विनोद तामाङ छन्। बाढीबाट उद्धार गरिएका ८ जना घाइतेमध्ये तीन जना थप उपचारका लागी काठमाण्डौ न्यूरो अस्पताल गएका छन् भने एक जना रमेश विकको सामन्य उपचारपछि डिसार्च गरिएको छ।

थप उपचारका लागी लमजुङको बेसीसहर नगरपालिका ६ का ३५ वर्षीय अर्जुन आले, कलैयाका ३० वर्षीय अर्जुन शर्मा र बाराका ४२ वर्षीय हरि विक काठमाडौं गएका छन् । ४ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बसन्त पाण्डेका अनुसा सप्तरीका २४ वर्षीय सुरज सादा, डढेल्धुराका ४६ वर्षीय धनसिंह सेडी, डढेल्धुराकै २५ वर्षीय सुरज बुढा, सप्तरीका ३१ वर्षीय सन्तोष सरदारको लमजुङ जिल्ला सामुदायिकमा उपचार भइरहेको छ ।

बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् । मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजनाका कामदार हुन् ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बेपत्ताको खोजीखार्य भइरहेको बताए । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रर्वद्धक लिबर्टी इनर्जी कम्पनीका संचालक रामबहादुर पाण्डेले बाढीले धनजनको क्षति पुराएको बताए । जलविद्युत आयोजनामा क्षति पुराएपनि पहिले उद्दार र खोजीमा लागेको उनले बताए । दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर, यसको कारण यही हो भनेर पत्ता लगाउन नसकिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : २२ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२