स्पेनिस ला लिगा : मड्रिड र भालाडोलीको बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : मड्रिड र भालाडोलीको बराबरी


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रियल भालाडोलिड बराबरी खेलेका छन् । उपाधि दाबेदार क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिड रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले भालाडोलिडसँग बराबरी खेल्दै अंक बाडेको हो । रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरे ।

खेलको ८२ औं मिनेटमा बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा ग्वार्डीवलाले गोल गर्दै भालाडोलिडलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडले पनि २ खेलबाट ४ अंक जोडेको छ । रियल दोस्रो र भालाडोलिड तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०६ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।