स्पेनिस ला लिगा : मड्रिड र भालाडोलीको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : मड्रिड र भालाडोलीको बराबरी


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रियल भालाडोलिड बराबरी खेलेका छन् । उपाधि दाबेदार क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिड रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले भालाडोलिडसँग बराबरी खेल्दै अंक बाडेको हो । रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरे ।

खेलको ८२ औं मिनेटमा बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा ग्वार्डीवलाले गोल गर्दै भालाडोलिडलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडले पनि २ खेलबाट ४ अंक जोडेको छ । रियल दोस्रो र भालाडोलिड तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०६ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको