शालिकरामका वकिल भन्छन्, ‘रविलाई आज पनि म्याद थप गरी हिरासतमै राखिनेछ’ « Khabarhub

शालिकरामका वकिल भन्छन्, ‘रविलाई आज पनि म्याद थप गरी हिरासतमै राखिनेछ’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेलाई आज चितवन जिल्ला अदालत उपस्थित गराइँदैछ ।

रवि आज रिहा हुन्छन् अथवा पुनः म्याद थपिन्छ अदालतको निर्णय पछि थाहा हुनेछ । तर, पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपालले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसलाई सनसनीपूर्ण अन्तवार्ता दिएका छन् ।

उनले शालिग्राम प्रकरणपछि रवि लामिछानेको पक्राउ र यससँग जोडिएको तथ्य र कानुनी तर्कहरु पेश गर्दै उनलाई आज पनि अदालतले म्याद थप गर्ने संकेत देखाएका छन् ।

रेडियो कुराकानीमा उनले के भने ?

अब आ-त्म-हत्या गर्ने व्यक्तिले फलानोको कारण भन्ने बित्तिकै दोषी किन गर्न सकिन्छ ?

त्यसलाई राज्यले पहिला कसरी लिन्छ । आ-त्मह-त्या गर्ने व्यक्तिले बोलेर लेखेर प्रमाण छोडेर गएका कुराहरु जसलाई सु-साइ-ड नोट ‘डाइङ डिक्लाइजेस’ भनिन्छ । यद्यपि, नेपालमा डाइङ डिक्लाइजेसन् डिक्लेर हुँदाहुँदै म-रेको हुनुपर्छ भन्ने परम्पराग मान्यता हो ।

अस्ति भरखरै दक्षिण कोरियाका राष्ट्रपतिले गरेका आत्मह-त्याका प्रसंगहरु छन् यसमा आत्मह-त्या गर्ने मान्छेले लामो समयदेखि प्रयास गरेको हुन्छ । अन्तिपटक मात्र ऊ सफल भएको हुन्छ । त्यस्तै प्रमाण छोडेर आत्मह-त्या गर्ने व्यक्तिले पटक–पटक लेख्ने मेट्ने बोल्ने मेट्ने पनि गरेको हुन्छ ।

यो भिडियोमा पनि दुई घण्टा अगाडि एउटा क्लिप खिचेको देखिन्छ फेरि दुई घण्टा पछाडि अर्को क्लिप खिचेर त्यसपछि सेन्डोहरु लगाइरहेको अवस्थामा अर्को सर्टपाइन्ट लगाएर बाहिर गएर डोरिकिनेर आएर बाहिर जाँदा लगाएको सर्टपाइन्टमा झु-न्डि-एको स्थिति देखिन्छ ।

अहिलेको कानुनमा म-रेर जाने मान्छेले म-र्नुअगाडि छोडेर गएको कुरालाई प्रमाणको रुपमा लिन्छ । त्यसैले शालिग्रामले भिडियोमा बोलेका कुरा नै प्रमाण हो यदि होइन भने त्यसलाई खण्डन गर्न सक्ने गरी प्रमाण ल्याउन सक्नुपर्छ प्रतिवादीहरुले । यही भिडियोको प्रमाणका आधारमा सरकारले पक्राउ, गरेको छ, म्याद थप गरेको छ ।

अर्को प्रमाण दिने अहिले होइन जब अभियोग पत्र दिइन्छ अनि मात्रै यसलाई खण्डन गर्ने गरी अर्को प्रमाण दिन पाइन्छ । अहिले ल्याएको प्रमाण त्यो फाइलमा पनि राखिँदैन ।

हिरासतमा बसेर अन्तर्वार्ता दिन पाइन्छ ?

यही म भनिरहेको छु । हिरासतमा कति नेताहरु बसे होलान् । अहिले पछिल्लो पटक गणतत्त्र आइसकेपछि पनि अरु राजनीतिक दलका नेताहरुसमेत बसेर अनुसन्धानहरु भएका थिए । ती कसैका पनि अन्तर्वार्ता बाहिर आएनन् । अनि रविजी जो अहिले हिरासत हुनुहुन्छ उहाँको अन्तर्वार्ता आउँछ कहिले फेसबुकमा लाइभ आउँछ त्यो सब कसरी भइरहेको छ । यसले त त्यहाँ खटिएका प्रहरीलाई पनि कारबाही हुन्छ । अहिलेसम्म नेपालको इतिहासमा हिरासतमा रहेर सबैभन्दा बढी स्वतन्त्रताको उपभोग गर्ने मान्छे नै रवि लामिछाने हो । त्यसैले प्रहरीले यसरी स्वतन्त्रता दियो भने खतरा बढ्छ उहाँलाई ।

अब आइतबार के हुन्छ ?

आइतबार म्याद थप हुन्छ । किन भने उहाँको अभियोगपत्र तयार भइसकेको छैन । यदि रविजीलाईम्याद थपिएन भने नेपालको इतिहासमा आत्मह-त्याको ज्यानसम्बन्धी अभियोग लागेको व्यक्तिलाई लामो समयसम्म हिरातमा राखेर अनुसन्धान गरेको पहिलो घ-टना हुनेछ ।

अझै म्याद थपिन्छ होइन ?

यसमा अभियोग पत्र तयार नहुँदासम्म सरकारी वकिलतर्फबाट म्याद माग्ने छ । अभियोग पत्र तयार हुनुभनेको सम्पूर्ण अनुसन्धान, जाहेरी प्रतिवेदन तयार भइसकेर मेनी थेसिस तयार हुन्छ । त्यसकारण सरकारी वकिलको तर्फबाट अभियोगपत्र तयार भइसकेको छैन त्यसै म्याद थपिन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ४९ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड