काठमाडौंलाई खुला तार मुक्त बनाइँदै : जमिनमुनि तार राख्ने काम शुरु | Khabarhub Khabarhub

काठमाडौंलाई खुला तार मुक्त बनाइँदै : जमिनमुनि तार राख्ने काम शुरु


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले खुला तारमुक्त बनाउने अभियान थालेको छ । पहिलो चरणमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया शुरु हुने प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहुलियतपूर्ण ऋणमार्फत काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न ठेकेदार कम्पनीले सर्भे तथा उपकरण परीक्षणको काम गरिरहेको छ ।

गत जेठदेखि नै ठेक्का सम्झौता आरम्भ गर्दै भारतीय ठेकेदार कम्पनीले अहिले फिल्ड कार्य पूर्वको तयारी गरिरहेको प्राधिकरणअन्तर्गत आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए ।

भारतीय कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत् वितरणलाइन भूमिगत गराउने गरी गत चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता जेठदेखि कार्यान्वयनमा ल्याइएको हो । सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्ट क्षमताको ३५० किलोमिटर तार भूमिगत हुनेछन्।

सहरी क्षेत्रमा विद्युत्का अतिरिक्त टेलिफोन तथा इन्टरनेट, केबल सेवाप्रदायकका तार पनि बाहिरै छन्। ती तारसमेत विस्थापन गर्ने गरी प्राधिकरणले ४८ फाइबरयुक्त अप्टिकल फाइबर पनि राख्न लागेको छ। प्राधिकरणको योजना अनुसार रत्नपार्क र महाराजगञ्ज वितरण प्रणाली भूमिगत गर्ने काम साढे दुई वर्षमा सम्पन्न हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार काठमाडौं उपत्यकाको वितरण प्रणाली भूमिगत गराउने र त्यसपछि उपत्यका बाहिर पनि जाने योजना छ । घिसिङले काठमाडौँका लागि प्रक्रिया थालिएको बताउँदै शहरको सौन्दर्य, दुर्घटना न्यूनीकरण, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने गरी काम गर्न लागिएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ५४ बजे

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।