सम्भवतः आज प्रारम्भिक न्याय पाउने आशामा रवि, यस्तो छ निकिताले लेखेको स्टाटस « Khabarhub

सम्भवतः आज प्रारम्भिक न्याय पाउने आशामा रवि, यस्तो छ निकिताले लेखेको स्टाटस


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि दोस्रो पटक थपिएको ५ दिनको म्याद सकिएसँगै आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

अनुसन्धानका लागि थुनामा रहेका रविसहितका तीन जनालाई अदालत पेश गरिनेछ ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

शालिकराम पुडासैनीले आत्मह-त्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्मह-त्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

रविले आज प्रारम्भिक न्याय पाउने बताएका छन् । रवि पत्नी निकताको फेसबुकमा यस्तो लेखिएको छ-

प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : २५ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि