रवि लामिछानेलाई भेटेपछि गिरीले भने – उहाँ सुरक्षित हुनुहुन्छ | Khabarhub Khabarhub

रवि लामिछानेलाई भेटेपछि गिरीले भने – उहाँ सुरक्षित हुनुहुन्छ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या गर्न निरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी पत्रकार रवि लामिछानेलाई अभिनेता दीपकराज गिरी लगायतको कलाकारको टोलीले भेट गरेको छ ।

शनिबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरेर रविको समर्थन गरेका गिरीले चितवन पुगेर लामिछानेलाई भेट गरेका छन् । साथै उनले यो कानून अव्यवहारिक भएको भन्दै सम्बन्धित निकायलाई संशोधन गर्ने विषयमा छलफल गरेको पनि बताएका छन् ।

दीपकराज गिरीको फेसबूकबाट

‘हामीले भर्खरै रविजीसँग भेटघाट ग–यौँ, हामीले आत्महत्यासँग सम्बन्धित विद्यमान अव्यवहारिक कानूको पनि संशोधन हुनुपर्ने कुरा पनि ग–यौँ,’ गिरीले भने, ‘उहाँ सुरक्षित हुनुहुन्छ, समर्थकहरुलाई धन्यवाद दिँदै संयमित रहन समेत आग्रह गर्नुभयो ।’

उनले नेपालको न्यायालय प्रणालीप्रति विश्वास गर्दै अब आज छुट्ने आशा पनि व्यक्त गरेका छन् । उनले कामना गरेका छन्, रविजीलाई स्वागत गर्न पाइयोस् भनेर कामना गरौँ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ३८ बजे

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै