रविको समर्थनमा कलाकारको टोली चितवनमा, रविलाई भेट्दा भक्कानिइन् दिपाश्री « Khabarhub

रविको समर्थनमा कलाकारको टोली चितवनमा, रविलाई भेट्दा भक्कानिइन् दिपाश्री


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइका लागि कलाकार एकजुट भएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रविको समर्थनमा जुटेका कलाकारहरु राति चितवन पुगेका हुन् ।

कलाकार दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे लगायतका कलाकारहरु अहिले चितवनमा रविको रिहाइका लागि पर्खेर बसेका छन् ।

‘उहाँ साच्चै महान हुनुहुन्छ, हिरासतमा बसेर पनि उहाँमा साहस र हिम्मत देख्दा खुशी लागेको र त्यहाँको दृश्यले आफूहरुलाई निकै दुखी बनायो ’ कलाकार दिपाश्री निरौलाले बताइन् ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा रविसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान थालिएको छ । प्रहरी हिरासतमा रहेका लामिछानेसहित, युवराज कँडेल, अम्मिता भनिने रुकु कार्कीलाई जिल्ला अदालत चितवन पेस गरिँदै छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ ।

यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : २५ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,