रविको समर्थनमा कलाकारको टोली चितवनमा, रविलाई भेट्दा भक्कानिइन् दिपाश्री « Khabarhub

रविको समर्थनमा कलाकारको टोली चितवनमा, रविलाई भेट्दा भक्कानिइन् दिपाश्री


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइका लागि कलाकार एकजुट भएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रविको समर्थनमा जुटेका कलाकारहरु राति चितवन पुगेका हुन् ।

कलाकार दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे लगायतका कलाकारहरु अहिले चितवनमा रविको रिहाइका लागि पर्खेर बसेका छन् ।

‘उहाँ साच्चै महान हुनुहुन्छ, हिरासतमा बसेर पनि उहाँमा साहस र हिम्मत देख्दा खुशी लागेको र त्यहाँको दृश्यले आफूहरुलाई निकै दुखी बनायो ’ कलाकार दिपाश्री निरौलाले बताइन् ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा रविसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान थालिएको छ । प्रहरी हिरासतमा रहेका लामिछानेसहित, युवराज कँडेल, अम्मिता भनिने रुकु कार्कीलाई जिल्ला अदालत चितवन पेस गरिँदै छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ ।

यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : २५ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि