रविलाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा « Khabarhub

रविलाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनालाई अदालत लगिएको छ ।

मंगलबार दोस्रोपटक पाँच दिनका लागि जिल्ला अदालत चितवनले थप गरेको समय हिजो(शनिवार) सकिएपछि रविसहितका तीन जनालाई आज(आइतवार) कार्यालय खुलेपछि अदालत लगिएको हो ।

उनीहरुलाई अदालत लगिएसँगै अदालत बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रविका समर्थकको अदालत बाहिर बाक्लो उपस्थिति रहेको छ ।

लामिछाने पत्नी निकिता विहान जिल्ला प्रहरी कार्यालयबाट बाहिरिँदै रविलाई अदालत लगिएको जानकारी गराएकी हुन् ।

रविलाई अदालत लानुपूर्व कलाकारहरुको टोलीले उनीसँग भेट गरेका थिए ।

कलाकार दिपाश्री निरौलाले आज रविवार(आइवतार) भएको भन्दै रवि रिहा हुने विश्वा व्यक्त गरेकी थिइन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको एक भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका थिए । उक्त भिडियो सार्वजनिक भएसँगै प्रहरीले रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै पक्राउ गरि चितवन लगेको थियो ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक लामिछाने पक्राउ परेपछि उनका समर्थकले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन् । चितवन, काठमाडौंसहित देशका विभिन्न स्थानमा उनीहरुले रविको विनाशर्त रिहाइको माग गर्र्दै आएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ३४ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी