पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’ « Khabarhub

पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

‘यहाँ खानेपानीको अत्यन्तै अभाव हुँदै आएको थियो’, वडाध्यक्ष गुरुङले भने, ‘एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।’

आयोजना निर्माणका लागि गाउँपालिकाले ५ लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले १७ लाख रुपैयाँ र बाँकी रकम उपभोक्ताबाट प्रतिघर १३ हजार रुपैयाँका दरले सङ्कलन गरिएको उनले बताए । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । निर्माण शुरु भएको सात महिनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहुँदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।

आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए । उनले भने, ‘सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।’

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २२ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न