महानगरभित्र फोहोर संकलन गर्ने नयाँ योजना « Khabarhub

महानगरभित्र फोहोर संकलन गर्ने नयाँ योजना


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं महानगरपालिकाले ३ वटा वडाहरुमा आजबाट फोहोर व्यवस्थापनका लागि नयाँ योजना शुरु भएको छ ।

महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले यो योजनाको सुरुवात गरेको हो । उपत्यकामा उत्सर्जन हुने फोहोरमैला जथाभावी सडकमा आउने गरेकाले त्यसलाई हटाउनका लागि यो योजना ल्याएको विभागले जनाएको छ।

महानगरले यसअघि फोहोर कुहिने र नकुहिने फोहोर संकलन गर्ने र ल्याण्डफिल साइट लैजाने गरेको थियो । विभागका अनुसार अब घरमै कुहिने र नकुहिने फोहोर संकलन गर्नुपर्नेछ ।

पहिलो चरणमा महानगरका १२, १८ र २१ वडामा हाउस होल्ड फोहोर संकलन प्रणाली लागु गरिएको र अन्य वडामा पनि सविस्तार गर्ने योजना रहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘हप्तामा चार दिन कुहिने फोहोर संकलन गरिन्छ’ उनले भने ‘अन्य दुइ दिन नकुहिने फोहोर संकलन गरिन्छ’ ।

कुहिने फोहोर संकलन हुने बारहरु :

आइतवार, मंगलवार, बिहीवार र शनिवार ।

नकुहिने फोहोर संकलन हुने बारहरु :

सोमवार, शुक्रवार र बुधवार ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ३२ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा