स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु « Khabarhub

स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ ।

गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको बचत भएको दरवाङकी कमला विश्वकर्माले बताइन् । “बेनी जान–आउन पूरै दिन लाग्ने थियो । रु दुई, तीन हजार खर्च हुन्थ्यो”, उनले भनिन्, “गाउँमै सेवा पाएपछि सजिलोका साथै समय र पैसाको बचत भयो ।”

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको रु २० लाख सहयोगमा मालिका गाउँपालिकाले अल्ट्रासाउण्डलगायतका उपकरण खरीद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैली, मिर्गाैला, मूत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डा तिलक गौतमले बताए ।

रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रूपमा सेवा पाएका उनले बताए । अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशुलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका थिए ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युत्को वैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक रहेको स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी