भारतका पूर्व वित्तमन्त्री जेटलीको अन्तिम संस्कार सम्पन्न « Khabarhub

भारतका पूर्व वित्तमन्त्री जेटलीको अन्तिम संस्कार सम्पन्न


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतका पूर्व वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको आइतबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । भारतको राजधानी दिल्लीस्थित यमुना नदी किनारको निगमबोध घाटमा जेटलीका पुत्र रोहनले दागबत्ती दिएका थिए ।

भारी वर्षाका बीच उनको अन्तिम संस्कार सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तिम संस्कारमा उपराष्ट्रपति वैंकेया नायडु, गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाह तथा रक्षामन्त्री राजनाथ सिंहलगायत भाजपा तथा विपक्षी दलका नेता तथा कार्यकर्ता उपस्थित थिए ।

यस्तै, योग गुरु स्वामी रामदेव, पूर्व क्रिकेटर तथा सांसद गौतम गम्भीर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उप मुख्यमन्त्री मनिष सिसोदिया, कांग्रेस नेता कपिल सिब्बललगायत पनि अन्तिम विदाईका लागि निगमबोध घाट पुगेका थिए ।

यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि जेटलीको पार्थिव शरीर भाजपाको पार्टी कार्यालयमा राखिएको थियो । पार्टी अध्यक्ष शाह, कार्यकारी अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री सिंह, जम्मू कश्मीरका राज्यपाल सत्यपाल मलिक, झारखण्डका मुख्यमन्त्री रघुवर दासलगायत पार्टीका नेता तथा कार्यकर्ताले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणका क्रममा बहराइनमा रहेकाले जेटलीको अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन पाएनन् । यद्यपि, विदेश भ्रमणकै क्रममा पनि जेटलीको निधनले आफू अत्यन्तै दुखी भएको भन्दै केही दिन अघि मात्रै सुष्मा स्वराजलाई गुमाउन पुगेको र अहिले आफ्ना मित्र अरुणले पनि छाडेर गएको प्रधानमन्त्री मोदीले बताएका छन् ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि निमगबोध घाटसम्म शव यात्रा गरिएको थियो । आठ किलोमिटर दूरी पार गर्न एक घण्टा लागेको थियो ।

मिर्गौला प्रत्यारोपण गरेका जेटली पछिल्लो समय भने क्यान्सर पीडित थिए । लामो समयदेखि बिरामी जेटलीको शनिबार दिउँसो दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा ६६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : ०१ बजे

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

वीरगन्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १० महिनामा

ट्राफिक कारबाहीमा एकैदिन करिब २४ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार तथा आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं– विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर

गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक (तस्बिरहरू)

पोखरा– पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा