रवि लामिछानेको बयान सकिएन, तीनै जना पुनः प्रहरी हिरासतमा « Khabarhub

रवि लामिछानेको बयान सकिएन, तीनै जना पुनः प्रहरी हिरासतमा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणका प्रतिवादीहरु रवि लामिछानेसहित ३ जना पुनः प्रहरी हिरासतमै फर्काइएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले रविसहित अस्मिता भनिने रुकु कार्की र युवराज कँडेलविरुद्ध आइतबार जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेपनि बयान  नसकिएका कारण तीनै जनालाई पुनः प्रहरी हिरासतमै फर्काइको हो ।

रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म  प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।

आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

अब युवराज कँडेल र रवि लामिछानेको बयान सकिएपछि अदालतमा थुनछेक बहस शुरु हुने छ ।

थुनछेक बहस सकिएपछि मात्रै अदालतले प्रतिवादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश जारी गर्ने छ ।

अदालतले आदेश जारी नगर्दासम्म तीनै जना प्रहरीको हिरासतमै रहनेछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा