सांसद लुट्ने एक पक्राउ « Khabarhub

सांसद लुट्ने एक पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद भावना सुवदीको पाकेटमार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २६ गते काठमाडौं इन्द्रचोकमा हिँडिरहेको अवस्थामा सांसद सुवेदीले बोकेको झोला चोरी गर्ने सर्लाही बरथहवा नगरपालिका वडा नं. २ घर भइ हाल मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई यही भदौ ५ गते बिहान गौशालाबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सांसद सुवेदीको झोलामा रहेको ७३ हजार रुपैयाँ नगद, परिचय पत्र, एटिएम कार्डलगायतका महत्वपूर्ण कागजातहरु चोरी गरी थिङ फरार थिए ।

उनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक