सोमबारका लागि प्रचण्डले बोलाए सचिवालय बैठक | Khabarhub Khabarhub

सोमबारका लागि प्रचण्डले बोलाए सचिवालय बैठक


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सचिवालय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेको बेला आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यले बैठक बोलाएक हुन् ।

गत बिहीबारको सचिवालय बैठकमा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबिच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ ।

झन्डै १५ महिना पछि बैठकको अध्यक्षता गर्नेसम्म अधिकार पाएका दाहालले नेकपा भित्रको बिबाद उपचारबाट ओली स्वदेश फर्कनु अगावै सल्टयाउने प्रयास गरिरहेको छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ३२ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्