चितवनमा झडप : चार प्रहरी घाइते, दश प्रदर्शनकारी पक्राउ « Khabarhub

चितवनमा झडप : चार प्रहरी घाइते, दश प्रदर्शनकारी पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि भएको झडपमा डिएसपीसहित चार प्रहरी घाइते भएका छन् । प्रहरीले दशजना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

थुनामा रहेका लामिछानेसहितका तीनै जनालाई आइतबार जिल्ला अदालत चितनवमा अभियोग पत्र दायर गरेपनि बयान नसकिएका कारण पुनः प्रहरी हिरासतमै राखिएको छ ।

उनीहरुलाई पुनः हिरासतमै राखिएपछि लामिछानेका समर्थकहरु आक्रोशित बनेका थिए । आक्रोशित प्रदर्शनकारीले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

गत साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ५३ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी