पत्रकार गिरीलाई सफाइ « Khabarhub

पत्रकार गिरीलाई सफाइ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन् । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आएका थिए ।

चार महिनापछि काठमाडौँ जिल्ला अदालतले सो मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले गिरीलाई सफाइ दिएको हो । गिरीका विरुद्ध विपिन बतासले साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका थिए ।

विसं २०७६ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : ०३ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न