पत्रकार गिरीलाई सफाइ « Khabarhub

पत्रकार गिरीलाई सफाइ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन् । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आएका थिए ।

चार महिनापछि काठमाडौँ जिल्ला अदालतले सो मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले गिरीलाई सफाइ दिएको हो । गिरीका विरुद्ध विपिन बतासले साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका थिए ।

विसं २०७६ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै