गाडीले किच्दा जंगली मयुर मरेपछि वन कार्यालयको ध्यानाकर्षण « Khabarhub

गाडीले किच्दा जंगली मयुर मरेपछि वन कार्यालयको ध्यानाकर्षण


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सवार गाडीले किच्दा जङ्गली मयुर मरेको भनी सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय कपिलवस्तुले ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्री बाँस्कोटा शनिबार बुटवल तर्फबाट अर्घाखाँची जाने क्रममा गोरुसिंङ्गे–सन्धीखर्क सडकखण्डमा पर्ने कपिलवस्तुको वसन्तपुर सामुदायिक वन क्षेत्र जङ्गलमा बिहान करीब साढे ९ बजेको समयमा गाडीले किच्दा मयुर मरेको भनि प्रकाशित समाचारमा डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको स्पष्ट पार्दै उक्त समयमा अन्य केही सवारीसाधन समेत उक्त सडकमा गुडेकाले कुन गाडीले ठक्कर दिएको भन्ने विषयमा अनुसन्धान भइरहेको विज्ञप्ति जारी गरेर जनाएको छ ।

विज्ञप्तिमा अनुसन्धान कार्य सम्पन्न भएपछि प्रचलित ऐन कानून बमोजिम कारवाही प्रक्रिया अघि बढ्ने र उक्त मृत मयुर वन समितिका पदाधिकारीको रोहबरमा मुचुल्का खडा गरी वन क्षेत्रमै गाडिएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : १७ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।