अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीलाई दोस्रो सफलता « Khabarhub

अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीलाई दोस्रो सफलता


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्जियो अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो दोस्रो जित हात पारेको छ ।

आइतबार राति भएको एएफसी बर्नमाउथविरुद्धको खेलमा ३–१ को जीत हात पारेको सिटीले अंक तालिकामा ४ अंक जोड्न सफल भएको हो ।

बर्नमाउथविरुद्ध बलियो देखिएको सिटीका लागि खेलको १५ औं मिनेटमा अग्युरोले गोल गर्दै टिमलाई शूरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, सिटीका लागि रहिम स्टर्लिङले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए भने सिटीविरुद्ध बर्नमाउथका खेलाडी ह्यारी विलियमसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

पहिलो हाफ २–१ ले सकिएको खेलमा सिटीका लागि अग्युरोले खेलको ६४ औं मिनेटमा गोल गर्दै टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

३१ वर्षीय अग्युरोले आफ्नो करियरको चार सयौं गोल पूरा गरेका छन् । उनले बर्नमाउथविरुद्ध १० यार्डको दूरीबाट गोल गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : २४ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको