पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु | Khabarhub Khabarhub

पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर दुई महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । आइतबार राति भएको यो दुर्घटना धादिङ गल्छी गाउँपालिका वडा नं ५ सागिनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा आइतबार राति नै ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

फुङ्लिङ– ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

टीकापुर– तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द

वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम 

काठमाडौं– दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ

अशक्त पौरखीको आत्मविश्वास- घिस्रिन सकुञ्जेल अरुको दयामा बाँच्न नपरोस्

हात, पाखुरा सग्लो हुँदाहुँदै माग्न हिँडेकाहरू प्रति सामाजिक दृष्टिकोण सकारात्मक छैन