सडक दुर्घटना भए तत्काल उपचार, मुख्य राजमार्गमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ « Khabarhub

सडक दुर्घटना भए तत्काल उपचार, मुख्य राजमार्गमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत रहेका छन् । ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालु वर्षमा हरेक अस्पताललाई रु ५०–५० लाखका दरले रु एक करोड ५० लाख रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन् । सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछ । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाभन्दा बढीको घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।

स्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । “गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो”, सूचना अधिकृत शर्माले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : ५९ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६