किमसँगको सम्बन्ध थप मजबुत हुन्छः ट्रम्प « Khabarhub

किमसँगको सम्बन्ध थप मजबुत हुन्छः ट्रम्प


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध थप मजबुत बनाउने बताएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनाममा हुने दोश्रो शिखर वार्ताका लागि त्यसतर्फ जाने क्रममा वाशिंटनमा बोल्दै राष्ट्रपति ट्रम्पले किमसँग ‘धेरै नै राम्रो’ सम्बन्ध विकास गर्नका लागि तयार रहेको बताएका हुन् । उनले उत्तर कोरियाले हतियार परीक्षण नगरेसम्म आफू खुशी नै रहन समेत बताएका छन् ।

उत्तर कोरियाले हतियार परीक्षण नगरेसम्म उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि कुनै हतार नरहेको समेत जनाएका छन् । उत्तर कोरियाले पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आणविक परीक्षण गरेको थियो भने सन् २०१७ कै नोभेम्बरमा अन्तरमहादेशीय ब्लालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसयता उत्तर कोरियाले कुनै हतियार परीक्षण गरेको छैन ।

उत्तर कोरियाली सर्वोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आगामी बुधबार र बिहीबार भियतनामको राजधानी हनोईमा दोश्रो शिखर वार्ता हुँदैछ । यसअघि गत वर्ष सिङ्गापुरमा भएको पहिलो शिखर वार्तामा भएका सम्झौता कार्यान्वयनका लागि ठोस कदम चाल्न नसकिएको भन्ने टिप्पणी भइरहेका बेला राष्ट्रपति ट्रम्प तथा सर्वोच्च नेता किमबीच दोश्रो चरणको शिखर वार्ता हुन लागेको हो ।

उत्तर कोरियाली सर्वोच्च नेता किम रेलमार्गबाट भियतनाम आउनका लागि हाल चीनमा रहेको बताइएको छ भने राष्ट्रपति ट्रम्प पनि भियतनामका लागि प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : ५० बजे

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका