समूह चरणको अन्तिम खेलमा नेपाल नागाल्यान्डविरुद्ध हावी | Khabarhub Khabarhub

समूह चरणको अन्तिम खेलमा नेपाल नागाल्यान्डविरुद्ध हावी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी — अभिषेक रिजाल र रेजिन सुब्बाले समान दुई—दुई गोलले एन्फा यु—२१ टोलीले नागाल्यान्डमाथि जित हात पारेको हो । डा टि आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालको प्रतिनिधिन्त गरेको एन्फा टोलीले नागाल्यान्डलाई ४—१ गोल अन्तरले पराजित गरेको हो ।

अन्तिम खेलमा कप्तानी सम्हालेका अभिषेकले टिमलाई प्रतियोगिताको तेस्रो जित दिलाए । खेलमा सुरुवाती अग्रता लिएको एन्फा टोलीका लागि २ मिनेटमा नै फरवार्ड राजिव लोप्चनले दिएको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एन्फा टोलीको उत्कृष्ट लयलाई भङ्ग गर्दै खेलको १५ औं मिनेटमा नागाल्यान्डका कप्तान मिलु मिडिले पहिलो गोल फर्काएपछि नेपाली टोली केही दबाबमा देखिएको थियो । तर, २९ औं मिनेटमा एन्फा टोलीका कप्तान अभिषेकले टिमका लागि दोस्रो गोल गरेपछि टिमले २—१ को अग्रता लिएको थियो । उक्त गोलका लागि पनि फरवार्ड राजिव लोप्चनले पास निकालेका थिए ।

एन्फा टोलीको तेस्रो जितमा राजिव एक्लैले २ गोलको अवसर सिर्जना गरे । खेलको ६३ औं मिनेटमा कप्तान अभिषेकको पासलाई रेजिनले हेडिङ गोल गर्दै टिमलाई ३—० को अग्रता दिलाए । नागाल्यान्डविरुद्ध हावी देखिएको एन्फा टोलीले सोमबारको खेलमा ५ जना नयाँ खेलाडीलाई मैदान प्रवेश गराको थियो ।

गोलकिपरमा सूर्य अधिकारीले अवसर पाएका थिए भने उनले पटक—पटक नागाल्यान्ड टिमले गरेका गोल प्रयासलाई विफल तुल्याएका थिए ।
त्यस्तै, फरवार्ड राजिव लोप्चनले ७४ औं मिनेटमा निकालेको पासलाई कप्तान अभिषेकले गोलमा परिणत गरेपछि एन्फा टोलीले ४—१ को अग्रता बनाएको थियो ।

खेलमा ४—१ को अग्रता लिएको एनफा टोलीका राजन गुरुङ र नागाल्यान्डका मुजीबुक नाम्समले खेलको ७७ औं मिनेटमा रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भए । नागाल्यान्डका खेलाडीबाट बल खोस्दै क्लियर गर्ने बेलामा नागाल्यान्डका खेलाडीले फाउल गरेपछि उनीहरुबीच हातपात हुने अवस्था आएको थियो पछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए ।

त्यस्तै, डिफेन्डरमा रन्दीप पौडेल र गौतम श्रेष्ठले पनि आफ्नो भूमिका लाई फलतापूर्वक निभाएको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए । उनले भने “आजको खेलमा शुरुमै गोल हुँदा टिमले रिदम समात्यो । तर, पनि हामीले नयाँ खेलाडीलाई अवसर दिएका थियौं । सबैले राम्रो खेले ।”

प्रतियोगितामा अभिषेक रिजालले ९ गोल गरेभने रेजिन सुब्बाले ४ गोल पूरा भएको छ । ९ गोल गरेका अभिषेक तीनवटै खेलमा म्यान अफ दि म्याच घोषित भए ।

“नागाल्यान्डविरुद्ध खेलको दोस्रो मिनेटमा गोल हुनु नै टिमको जितका लागि खेलाडीलाई मोटिभेसन बन्यो । सुरुआतमै अग्रता बनाइसकेपछि आजको खेलको नतिजाले कुनै प्रभाव नपार्ने भएपनि खेलाडीले आफ्नो शत प्रतिशत दिएर खेले,” एन्फा टोलीका सहायक प्रशिक्षक सल्यान खड्गीले बताए ।

प्रतियोगिताको शुरुदेखि अन्तिम खेलसम्म खेल्दा कुनै पनि खेल विवाद रहित बन्न नसक्नुलाई लक्षित गर्दै प्रशिक्षक खड्गीले भने “एन्फा टोली सेमिफाइनलसम्म पुग्न नसक्नुको कारण स्थानीय रेफ्री बने भने, म्याच अफिसियलहरुलाई ‘लज अफ दी गेम्स’ नै जानकारी नभएको हामीले महसुस गर्यौं,” उनले अगाडि भने रेफ्रीहरुले यहाँका स्थानीय टिमहरुलाई प्राथमिकता दिएर निर्णय गरेको हामीले महसुस गर्यौं ।”

शुरुमा लगातार दुई खेल र पछिल्ला तीन खेल लगातर खेल्दा खेलाडीहरुले आराम नपाएको पनि प्रशिक्षक खड्गीले बताए । उनले भने,“अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा ४८ घण्टा कम्तिमा खेलाडीले आराम पाउनुपर्ने हुन्छ । त्यो नहुँदा खेलाडीहरुले आफ्नो खेल प्रस्तुत गर्न असमर्थ रहे ।”

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : २० बजे

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

केशब बडालको प्रश्न– एउटै व्यक्तिलाई सर्वत्र सहकारीको बोर्ड झुण्ड्याउने अधिकार कसले दियो ?

जनताको जीवनस्तर उठाउन भन्दै सरकारले वर्षौँ अघि सहकारीलाई तीन खम्बे

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा