दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु « Khabarhub

दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दूधमा धेरै पोषक तत्व पाइन्छ । यसमा हुने पोषक तत्वले शरीर तन्दुरुस्त बनाइराख्न सहयोग गर्दछ । केही खानेकुरा जसलाई दूधसँगै सेवन गर्दा शरीरमा नकारात्मक असर पर्ने गर्दछ । के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

दूधसँगै दहीको सेवन गर्नुहुँदैन । यस्तो गर्दा एसिडिटी, ग्यास र उल्टीको समस्या हुनसक्छ । दही सेवन गरेको एक डेढ घण्टापछि मात्र दूध पिउनुपर्छ । यसैगरी कालो दालको साथ पनि दूधको सेवन राम्रो मानिँदैन ।

दूध पिउनु अघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईं कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।

यसको अलावा एकैसाथ दूध र केराको सेवन पनि गर्नुहुँदैन । किनकी दूध र केरा दुबै कफका कारक हुन् । दुबै चीजलाई सँगै सेवन गर्दा एकातिर कफ बढ्छ र अर्कोतिर पाचन प्रक्रियामा नकारात्मक असर पर्ने गर्दछ ।

कतिपय मानिसहरु खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैंमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ ।

आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नुहुँदैन । दूध र माछा पनि एकैसाथ खान हुँदैन । किनकि यसो गर्दा ग्यास, एलर्जी र छालासम्बन्धी समस्या निम्तिन सक्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ५४ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा