दूधमा धेरै पोषक तत्व पाइन्छ । यसमा हुने पोषक तत्वले शरीर तन्दुरुस्त बनाइराख्न सहयोग गर्दछ । केही खानेकुरा जसलाई दूधसँगै सेवन गर्दा शरीरमा नकारात्मक असर पर्ने गर्दछ । के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
दूधसँगै दहीको सेवन गर्नुहुँदैन । यस्तो गर्दा एसिडिटी, ग्यास र उल्टीको समस्या हुनसक्छ । दही सेवन गरेको एक डेढ घण्टापछि मात्र दूध पिउनुपर्छ । यसैगरी कालो दालको साथ पनि दूधको सेवन राम्रो मानिँदैन ।
दूध पिउनु अघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईं कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।
यसको अलावा एकैसाथ दूध र केराको सेवन पनि गर्नुहुँदैन । किनकी दूध र केरा दुबै कफका कारक हुन् । दुबै चीजलाई सँगै सेवन गर्दा एकातिर कफ बढ्छ र अर्कोतिर पाचन प्रक्रियामा नकारात्मक असर पर्ने गर्दछ ।
कतिपय मानिसहरु खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैंमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ ।
आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नुहुँदैन । दूध र माछा पनि एकैसाथ खान हुँदैन । किनकि यसो गर्दा ग्यास, एलर्जी र छालासम्बन्धी समस्या निम्तिन सक्छ ।
प्रतिक्रिया