सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई सरकारी नाममा रहेको, भोगाधिकार प्राप्त, लिज वा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको घरजग्गाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सम्बन्धित निकायलाई आफ्नो नाममा रहेको वा प्रयोग गरिरहेको जग्गाको विस्तृत विवरण संकलन गरी तोकिएको ढाँचामा पठाउन भनेको छ ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च अदालत, संवैधानिक आयोगहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मन्त्रालयहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला समन्वय समितिका कार्यालयहरू तथा देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सरकारी जग्गाको विवरण माग गरेको छ ।

मन्त्रालयका अनुसार सरकारी निकायको नाममा कायम रहेका, भोगाधिकार प्राप्त भएका, लिजमा लिइएका वा अन्य निकायले प्रयोग गरिरहेका घरजग्गाको एकीकृत अभिलेख तयार गर्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका अस्पताल, विभाग, केन्द्र, प्रतिष्ठान तथा अन्य निकायलाई माग गरिएअनुसारको विवरण प्रमाणसहित संकलन गरी तोकिएको समय साउन १ गते भित्र पठाउन आग्रह गरेको छ ।

सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेखीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि देशभरका सरकारी निकायमा रहेको जग्गाको अवस्था यकिन गर्न विवरण संकलन अभियान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : ४७ बजे

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ

गाडी गुड्न यसरी तयार हुँदैछ, गण्डकी र लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क